लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रीमानको हत्या आरोपमा ५० बर्षीय महिला पक्राउ

IMG

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। प्रहरीले श्रीमानको हत्या आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।दाङ राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरका लप्टेन चौधरीको हत्या आरोपमा उनकी ५० वर्षीया पत्नी उमादेवी चौधरी र गढवा गाउँपालिका ३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उमादेवीले आफ्नो श्रीमान् लप्टेन चौधरी फागुन १ गते गोवरडिया गएको तर नफर्केको भन्दै खोजतालका लागि प्रहरीमा निवेदन दिएकी थिइन् ।


उनका श्रीमान् चौधरीको शव फागुन ५ गते गढवा गाउँपालिका- २ स्थित राप्ती नदी किनारमा फेला पारेको थियो । उमादेवी र आफन्तले लप्टेनको शव पहिचान गरेका थिए ।चौधरीको हत्यापछि शव खोलामा फालिएको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोधपुछ गर्ने क्रममा लप्टेनको हत्या पत्नी उमादेवी र गढवा गाउँपालिका-२ का हनुमान चौधरीले मिलेर गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए ।

कमेन्ट गर्नुहोस्