लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभर बन्दको आंशिक प्रभाव,थप ४० सहित हालसम्म ९० प्रदर्शनकारी पक्राउ

IMG

तिलोत्तमा सिटी,फागुन ४ गते २०७८। प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ ।


भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी पक्राउ परेको र उनीहरूको यकिन संख्या आउन बाँकी रहेको कार्यालयका प्रवक्ता तथा एसएसपी किशोरसिंह राठौरले बताए । यसअघि बिहान ५० जना पक्राउ परेका थिए । उनीहरूमध्ये अधिकांश बन्दकर्ता छन् । केही भने प्रदर्शनकारी छन् ।गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो । सोही कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए ।


कमेन्ट गर्नुहोस्