लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्समा बढ्यो चुनावी सरगर्मि, गर्भनर पदमा उमङ्ग देवकोटाको उम्मेद्धवारी

IMG

तिलोत्तमा सिटी,माघ २९ गते २०७८। स्थानीय निर्वाचनले पछिल्लो समय देशको माहोल तात्दै गर्दा लायन्स अन्तराष्ट्रियमा चुनावी सरगर्मी बढेको छ । सरकारले आगामी बर्ष बैशाखमा स्थानीय निर्वाचनको मिती तय गरेको छ । लायन्स अन्तारष्ट्रि जिल्ला ३२५ को फाल्गुन ७ मा हुने निर्वाचनले लायन्समा चुनावी सरगर्मि बढेको हो । लायन्स अन्तराष्ट्रिय ३२५ बी बहुबिभाजित भएपछि बनेको लायन्स जिल्ला ३२५ पि को लागी आगामी नेतृत्वमा उमङ्ग देवकोटाले डिष्ट्रिक गर्भनर पदमा उम्मेद्धवारी दर्ता गरे सँगै यतिबेला निर्वाचनको सरगर्मि झन बढेको हो ।


लायन्स  अन्तरास्ट्रिय डिस्ट्रिक ३२५ पी को गभर्नर पदका निम्ति लायन्स क्लव अफ लुम्बिनीका पुर्व अध्यक्ष समेत रहेका उमंग देवकोटाले डिष्ट्रिक गर्भनर पदमा उम्मेद्धवारी दर्ता गरेका छन् । उनले एक समारोहका बीच हिजो भैरहवामा निर्वाचन मनोनयन  समितिका सदस्यलाई मनोनयन निवेदन बुझाउदै गभर्नर पदमा उमेद्वारी मनोयन दर्ता गरेका हुन ।लायन्स जिल्ला ३२५ बी २ का एरिया ४ चिफ जिवन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उनले गर्भनर पदमा उम्मेद्धवारी दर्ता गरेका हुन । उम्मेद्धवारी दर्ताको क्रममा यस क्षेत्रका विभिन्न लायन्स क्लबका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । पछिल्लो समय लायन्स जिल्ला परिषद ३२५ बी २ का विभिन्न पदमा रहेर अनुभव सम्हालेका उनको उम्मेद्धवारीलाई यस क्षेत्रका लायन्स क्लवहरुले बिशेष महत्वका साथ हेरेका छन् । 


 लायन बर्ष २०२२ -०२३ का निम्ति डिस्ट्रिक ३२५ पी का लागि ३ पदमा उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । देशभर रहेका ४ डिस्ट्रिक मध्ये डिस्ट्रिक ३२५ बि २ पुन बहुविभाजन भइ रुपन्देही, पाल्पा, नवलपरासी, कपिलबस्तु र काठमान्डौका केहि क्लबहरु समवेश हुदै डिस्ट्रिक ३२५ पी बनेको छ ।लायन्स डिस्ट्रिक ३२५ पी मा गभर्नर पदमा २ जनाको उमेद्वारी परेको छ । दोश्रो भाइस डिस्ट्रिक गभर्नरमा ४ जनाको उमेद्वारी परेको भने प्रथम भाइस डिस्ट्रिक गभर्नर पदमा अर्जुन मान सैजुको मात्र उम्मेद्वारी परेको निर्बाचन मनोनयन समितिका सदस्य महेश चन्द्र थापाले बताउनु भयो । 


डिस्ट्रिक गभर्नर पदमा उमंग देवकोटासँग नवराज न्यौपानेले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै द्धितिय भाइस डिस्ट्रिक गभर्नर पदमा पाल्पाका सुशील प्रधान, काठमान्डौ क्षेत्रका कुश मल्लि, बुटवल क्षेत्रका बालाराम भट्टराई र पुरुषोत्तम प्राधानंगका विच प्रतिस्पर्धा हुने भएको छ ।  

लायन्समा पुर्ब गभर्नर तथा नेतृत्वले बिगतमा आफुहरुले गरेका सहमति इमान्दारीता पूर्वक पालना नगरेकाले  गभर्नर पदमा निर्वाचन हुने मतदाताहरु बताउछन । सहमति हुदा मतदान गर्न नपाएका मतदाताहरुभने मतदान गर्न उत्सुक देखिएका छन । मतदान डिस्ट्रिक ३२५ बि २ को  १०औ महाधिवेसनमा यहि फल्गुन ७ गते चितवनमा हुदैछ ।


कमेन्ट गर्नुहोस्