लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ अबकों तीन दिनको मौसम?

tillotmacitynews - 2022 Feb 09 10:59 PM
IMG

तिलोत्तमा सिटी,माघ २६ गते २०७८।पश्चिमी वायुको प्रभाव रहेकाले आगामी तीन दिन पनि कतै वर्षा त कतै हिमपातको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागसँगै पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सफा रहेको छ।आगामी २४ घण्टामा देशभर मौसम बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।यससँगै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।


चिसो बढ्ने भएकाले सतकर्ता अपनाउन विभागले आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसमी पूर्वानुमानअनुसार, आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।त्यस्तै, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बागमती र प्रदेश १ को पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ।बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।शुक्रबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहि बांकी भूभागमा मौसम सामान्यतयस सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्