लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्यालिब्रेसन उडान गर्न भैरहवामा फागुन ५ गते जहाज आउने

IMG

तिलोत्तमा सिटी,माघ २४ गते २०७८। सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यसबीचमा प्राविधिकहरुले यो विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गरिरहेका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै नेपाल ल्याउन आग्रह गरिए अनुसार मिति तय भएको हो । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे÷नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गरिने छ ।गौतमबुद्ध विमानस्थलमा उपकरण जडानसहति प्राविधिक कामको जिम्मेजारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको छ ।


जहाज ल्याउने र क्यालिब्रसन उडान गर्ने जिम्मेवारी समेत सोही कम्पनीको हो ।महानिर्देशक अधिकारीका अनुसार विमानस्थलको भौतिकतर्फको काम शतप्रतिशत पुरा भइसकेकेको छ । अब प्राविधिकतर्फको परीक्षणको काम सकिएपछि विमानस्थल व्यवसायिक रुपमा संचालनका लागि योग्य बन्नेछ ।क्यालिब्रेसन उडानका दौरान कन्ट्रोल टावरको समेत परीक्षण हुने छ । भैरहवा विमानस्थलको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । राष्ट्रिय गौरवका आयोजनामध्ये सम्भवतः सबैभन्दा कम समयमा पुरा हुने आयोजनाका रुपमा यो आयोजना रहेको छ ।भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको विमानस्थल बनेको छ । यसले अब त्रिभुवन विमानस्थलको विकल्प समेत दिनेछ ।

कमेन्ट गर्नुहोस्