लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्याङ्जामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

IMG

२०७८ माघ २२ , तिलोत्तमा सिटी।  स्याङ्जाको बिरुवामा भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । बिरुवा गाँउपालिका–३ धोवादीमा ग १ झ ५९३९ नम्बरको जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको हो । बिरुवा बजारबाट धवादीतर्फ गएको जीप हिजो रातिदेखि सम्पर्क विहीन थियो । शनिबार बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा परेर जीपचालक बिरुवा गाउँपालिका–३ का २६ वर्षीय काबेलबहादुर थापा र सहचालक ३२ वर्षीय काभेशबहादुर थापाको ज्यान गएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे छ ।

कमेन्ट गर्नुहोस्