
तिलोत्तमा सिटी,माघ २१ गते २०७८। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तरगत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा. लिले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनीसगै बजाज मोटरसाइकल शोरुम तथा सर्भिस सेन्टर' संचालनमा ल्याएको छ । नेपालमा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउटलेट संचालनमा ल्याएको र मोटरसाइकल सर्भिसिङमा अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्यले जनाउनुभयो ।
सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गर्नु भएको छ । एक दिनमा २० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको भन्दै उहाले ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालय पनि सुविधा रहेको बताउनु भएको छ। नयाँआउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एससरिजका लागि समेत सहज बनाउने कम्पनीले बताएको छ। टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै ब्रदर्श अटोका संचालक बिनोद चौलागाईं ले 'टोखा आउट लेटमा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु जिम्मेवारी रहेकोले यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा आफुहरु सकारात्मक रहेको बताउनुभएको छ।
कमेन्ट गर्नुहोस्