
तिलोत्तमा सिटी,माघ १६ गते २०७८। शहिद दिवसको अवसरमा आदर्श बाल क्लब तिलोत्तमा-११ महुवारी रुपन्देहीले रचनात्मक कार्यक्रम गरि दिवस मनाएको छ। क्लबका अध्यक्ष सुस्मा भुशालको अध्यक्षतामा सम्पन्न सहिद स्मृती दिवसको अवसरमा गरिएको सो कार्यक्रममा शहिद प्रतिको सम्मानका लागी दिप प्रज्वलन, नृत्य , गायन, बक्तृत्व कला, चित्रकला लगायतको कार्यक्रम सम्पन्न भएको हो। जि स स सदस्य कबिराम अर्यालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथी राष्ट्रिय शिक्षक संघ रुपन्देहीका पुर्ब अध्यक्ष बुद्धिसागर भट्टराई लगायतले बोल्दै शहिदले कोरेको बाटोमा सबै नेपालि लाग्नु पर्ने बताउनुभएको थियो।
सचीव अर्चना अर्यालको स्वागत मन्तब्यबाट शुरु सो कार्यक्रममा पुरस्कार दाता ढाकाराम खनालले प्रतियोगिता तथा कार्यक्रममा प्रस्तुति राख्ने सबैलाई पुरष्कार प्रदान गर्नुभएको उपाध्यक्ष जबिक पाठकले बताउनुभयो। हरेक बर्ष माघ १६ गते मनाइने शहिद दिवस यस बर्ष तिलोत्तमा नगरपालिका र यस आसपासका क्षेत्रमा शहिद दिवसको अवसरमा विभिन्न ठाउँमा दिप प्रज्वलन तथा शहिद स्मृतिका लागी कार्यक्रम गरि मनाइएको छ।
कमेन्ट गर्नुहोस्