
तिलोत्तमा सिटी,माघ ६ गते २०७८। तिलोत्तमा नगरपालिकाको वडा नम्बर-९ को सचिव पदमा रही लामो समय कार्य गर्दै आउनुभएका कृष्ण प्रसाद भट्टराईलाइ आज सरुवा भै जान लाग्दा फेरी भेटौला कार्यक्रम गर्दै बिदाई गरिएको छ। सचिव पदमा रही चुस्त दुरुस्त कार्य गरेको प्रति धन्यबाद दिदै तिलोत्तमा वडा नमब्र ९ का अध्यक्ष नारायण न्यौपानेले धन्यबाद ज्ञापन गर्दै सम्मान सहित बिदाई गरेका छन्। सचिव भट्टराई रहदा वडामा निकै सर्हानिय काम सम्पन्न भएको र सेवा प्रवाहमा समेत उत्तिकै प्रभाकारी ढंगले कार्यसम्पादन गरिएकोमा खुसि ब्यक्त गर्दै अध्यक्ष न्यौपानेले आगामी दिनमा अझै प्रगतिको साथमा फेरी भेट हुने गरि बिदाई गरिएको बताउनुभयो।
सरुवा भै जान लाग्नुभएका भट्टराईको स्थायी बसोबास तिलोत्तमा-७ भलवारीमा हो। उहा सरुवा भै नवलपुर जिल्ला ( नवलपरासी पुर्व ) कावासोतीमा रहेको यातायात ब्यबस्था कार्यालय जाने तयारि रहेको जानकारीमा आएको छ। त्यस्तै सोहि बिदाई कार्यक्रममा स्वागत गर्दै हाल तिलोत्तमा नगरको वडा-९ को सचिवमा माया गैरेलाई स्वागत समेत गरिएको छ।
कमेन्ट गर्नुहोस्