
तिलोत्तमा सिटी,माघ ३ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना बिरुद्धको खोप नलगाएका तथा छुटेकाहरुलाई ध्यानमा राख्दै शुन्य खोप अभियान अन्तर्गत घरदैलो शुरु गरेको छ। घरमै गएर स्वास्थ्यकर्मीको निगरानीमा खोप लगाउदै नगरप्रमुख बासुदेव घिमिरे तथा उप प्रमुख जागेश्वर देवी चौधरीले संयुक्त रुपमा तिलोत्तमा-१३ मडाहा स्थित एक घर बाट अभियानको शुरुवात गर्नुभएको छ। कोरोना महामारी फेरी फैलिने क्रममा रहेको अवस्थालाई मध्ये नजर गर्दै सो अभियान थालिएको नगरप्रमुख घिमिरेले बताउनुभयो। उहाले नगरबासीहरुले कुनै कारणबश खोप नलगाउनुभएको, छुट्नुभएको या खोपका बारेमा थाहा नपाएर अलमलिनुभएकालाई घरमै गएर खोप लगाउने ब्यबस्था गरिएको समेत बताउनुभयो।
सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले घरघरमा खोप अभियानले तिलोत्तमा नगरबासीहरु खोपबाट बन्चित हुन नपरोश भन्ने उदेश्य रहेको बताउनुभयो। उहाले कोहि कसैले खोप नलगाएको खण्डमा नजिकैको खोप केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र या वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत आग्रह गर्नुभयो।
खोप अभियानको शुरुवात गर्दै घर घरमा कोरोना बिरुद्धको खोप अभियानमा स्वास्थ्य शाखा प्रमुख मोती प्रसाद पौडेल, स्वास्थ्य शाखा अधिकृत तथा कोरोना फोकल पर्सन केशव भट्टराई, स्वास्थ्यकर्मी कुसुम राना, मेघराज अधिकारी,नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठ लगायतको उपस्थितिमा कोरोना बिरुद्धको खोप लगाइएको थियो। पहिलो दिन वडा नम्बर-१३ का सिमित स्थानमा मात्रै करिव ५० डोज खोप लगाइएको स्वास्थ्य शाखा अधिकृत केशव भट्टराईले बताउनुभयो। घरघरमा १५ जना र स्थानिय सक्षम पाइला रिहाब्लिटेसन गृह ( सुधार गृह ) का २५ भन्दा बढीलाई कोरोना बिरुद्धको खोप लगाइएको स्वास्थ्य शाखा अधिकृत भट्टराईले बताउनुभयो।
कोरोना बिरुद्धको शुन्य खोप अभियान अन्तर्गत हरेक वार्डका स्वास्थ्य चौकीमा सम्पर्क राखी हरेक टोल टोल घरघरमा खोप नलगाएकालाइ जम्मा गरि लगाइदिने ब्यबस्था गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो। अभियानको शुरु भएको र यस अभियानमा जोडिएर स्वास्थ्य लाभ लिनुहुन सबै नगरबासीहरुलाई नगरप्रमुख घिमिरेले आग्रह समेत गर्नुभयो।
कमेन्ट गर्नुहोस्