
तिलोत्तमा सिटी,३०पौष २०७८। सरकारले कोरोना महामारी फैलिन सक्ने भन्दै कुनै पनि कार्यक्रममा बढी हुलहुज्जत नगर्न आग्रह गरेको केहि दिन मै रुपन्देहीको तिलोत्तमा ड्राइभर टोलमा रहेको एसआर होटलले बिना रोकावट मज्जाले कार्यक्रम गरेको बुझिएको छ। नजिकै रहेको अस्थायी प्रहरी बिट ड्राइभर टोल मुख दर्शक बनेको होटलमा कार्यक्रममा आएका सहभागीहरुको बाहिरसम्म पार्किङ्ग भरिने गरि साधन थिए। तिलोत्तमा क्षेत्रमा सरकारको सुचना आएपछिको यो पहिलो कार्यक्रम हो। भर्खर मात्र तिलोत्तमा नगर क्षेत्रमा कोरोना महामारी तिब्र गतिमा फैलिरहेको बुझिएको छ। दैनिक १० देखि १५ भन्दा बढी सक्रिय संक्रमित रहेको यस क्षेत्रमा यस्ता कार्यक्रम गरिनुले महामारी झन् ह्वात्तै बढ्न सक्ने स्वास्थ्य इकाई प्रमुखहरु बताउछन।
कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभाडजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ । सरकारले विवाह,भोज ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ ।यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो। त्यस्तै बैठकले ठुलो संख्या उपस्थित भएर कुनै पनि कार्यक्रम, साधारणसभा, भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्