लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङमा आज रातिदेखि 'स्मार्ट लकडाउन'

IMG

तिलोत्तमा सिटी,२९ पौष २०७८। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाे भन्दै दाङमा 'स्मार्ट लकडाउन' गर्ने निर्णय भएको छ ।बिहीवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) को बैठकले बिहिबार राति १२ बजेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो । याे निर्णय अर्काे सूचना नभएसम्मका लागि लागू हुनेछ ।दाङमा स्मार्ट लकडाउन अन्तर्गत होटल, रेस्टुरेन्ट, पार्टी–प्यालेसहरू बेलुकी ७ बजे सम्म मात्र खाल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाएको छ ।


साथै माघको अवसरमा कुनै पनि मेला, महाेत्सव सञ्चालन नगर्ने निर्णय भएको छ ।यस्तै दाङमा आउँदो माघ ७ गतेदेखि खोप कार्ड भए मात्रै सार्वजनिक ठाउँमा प्रवेश गर्न पाइने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गदै सार्वजनिक ठाउँहरू– कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई मार्ग लगायतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागू गर्ने निर्णय भएको हाे । साथै दाङका पालिकामा बढ्ने कोरोना सङ्क्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यलयबाट स्वीकृति लिइ पालिकाले थप कडा लकडाउन गर्न सक्ने निर्णय पनि भएको प्रजिअ रेग्मीले जानकारी दिनुभएको छ । 

कमेन्ट गर्नुहोस्