लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना, मन्त्रीसहित सबै सकुशल

IMG

कैलाली,२७ पौष २०७८। कैलालीको गेटा नजिकै  सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडीलाई कारले ठक्कर दिएको छ।धनगढी बिमानस्थलबाट महेन्द्रनगर जान लागेका आलेको गाडीलाई मोहना – अत्तरिया ६ लेन सडकमा कारले ठक्कर दिएको हो ।मन्त्री आले चढेको सुप प्रदेस ०१ ०० १ झ ३३३ गाडिलाइ बा ४ च १३७७ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले बताएका छन ।गाईलाइ ठक्कर दिएर अनियंत्रित भएको कारले आलेको गाडिलाइ पनी ठक्कर दिएको प्रहरीले बताएको छ ।मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाइएको छ ।गाडी चालक कृष्णपुर नगरपालिका – ९ बस्ने २२ वर्षिय पवन कठायतलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्