लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ९४४ जनामा कोरोना संक्रमण

IMG

तिलोत्तमा सिटी,२४ पौष २०७८। पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ललितपुरमा ९४, भक्तपुरमा २५, कञ्चजनपुरमा ५१, कास्कीमा २०, मकवानपुरमा १३, कैलाली र पर्सामा १०/१० जना, दाङमा ९ जना, बाँकेमा ८ जना, रुपन्देही, चितवन र सुनसरीमा ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्