लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पा कुनसरेमा एक जना महिला मृत अवस्थामाफेला

IMG

तिलोत्तमा सिटी,२३ पौष २०७८। पाल्पा  जिल्लाको तानसेन–६, कुनसरेमा एक जना महिला मृत अवस्थामा भेटिएकि छिन।तानसेन–६, कुनसरेमा एक्लै बस्दै आएकि ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकि छिन।घरदेखि १५० मीटर तल दक्षिणतिरको भीरमा घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।शुक्रबार बिहान ७ बजेतिर आफ्नो छोरा गणेश घर्तीले चिया दिन जाने क्रममा आमा सरस्वतीको शब देखेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


एक्लै बस्दै आएकि घर्तीको घरको ढोका र सुत्ने बिस्तरामा समेत रगत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।  घर्तीको राति नै हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी 'पोस्टमार्टम रिपोर्ट' आउन बाँकी रहेकाले अहिले नै हत्या भन्न नसकिने र थप अनुसन्धान कार्य भईरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्