लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मलामी गएका यी ७ जनाले आफ्नै ज्यान गुमाए:पाल्पा लघुवा बस दुर्घटना(नामावलीसहित)

IMG

तिलोत्तमा सिटी,१८ पौष २०७८। बुटवल १७ बाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको रिब्दिकोट २ लघुवामा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका ७ जनाको सनाखत भएको छ ।लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको र १५ जना घाइते भएका थिए । साे बसमा ३५ जना मलामी सवार थिए। प्रहरीले मृतक र घाइतेको सनाखत भएको जनाएको छ ।


घटनामा परि मृत्यु हुनेहरुमा अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक, ३३ वर्षीय अर्जुन विक, रूपन्देही बुटवल उपमहानगरपालिका-११ का ३२ वर्षीय विजय थापा क्षेत्री, सोही ठाउँका ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर रानाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए।




कमेन्ट गर्नुहोस्