
तिलोत्तमा सिटी, १० पुस २०७८ , शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखा तथा राेटरी क्लब अफ मणिग्रामकाे संयुक्त आयोजनामा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
तिलोत्तमा-६, १२ नम्बरमा अवस्थित पञ्चरत्न गीता मन्दिर परिसरमा भएकाे कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तिलाेत्तमा ६ का वडा अध्यक्ष सुखदेव न्याैपानेले कार्यक्रमकाे उद्घाटन गर्दै यस्ता संस्थाहरुकाे आयाेजनामा हुने रक्तदान कार्यक्रमले रक्ततत्व व्यवस्थापनमा महत्त्वपूर्ण याेगदान पुर्याउने बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चाैहान क्षेत्री, नेपाल रेडक्रस साेसाइटी मणिग्राम शाखाका सभापति टेकबहादुर थापा, राेटरी क्लब अफ मणिग्रामका संस्थापक अध्यक्ष राजुदेवी खनाल, क्लबका जि.एस.आर. लक्ष्मण ज्ञवाली, समाजका सल्लाहकार देवी वाग्ले, मानव कल्याण मित्र मञ्च तिलाेत्तमाका अध्यक्ष दुर्गाप्रसाद अर्याल, राेट्रयाक्ट क्लब अफ मणिग्रामका अध्यक्ष निराजन अर्याल लगायतको आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा क्लबका प्रेसिडेन्ट नाेमिनी निर्मल वश्यालले स्वागत तथा समाजका तिलाेत्तमा शाखा अध्यक्ष गाेविन्द भुसालले धन्यवाद ज्ञापन गरेका थिए ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयाेग रहेको कार्यक्रम क्लबका अध्यक्ष केशव न्याैपानेकाे अध्यक्षता तथा सचिव सागर पाठकको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
कमेन्ट गर्नुहोस्