लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालमैत्री नगरपालिका घोषणालाई दिगोपन बनाउन अन्तरक्रिया

IMG

तिलोत्तमा सिटी,६ पौष २०७८। बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणालाई दिगोपन बनाउन गर्नुपर्ने काम र असल अभ्यासको सन्दर्भमा आज सुनवल र तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, बाल समूह सञ्जालका पदाधिकारी तथा सदस्य र सम्बद्ध शाखाका कर्मचारीहरुबीच छलफल तथा अन्तरक्रिया भएको छ । यसअघि नैं बालमैत्री नगरपालिका घोषणा भएको सुनवल र केही दिनअघि मात्र बालमैत्री नगरपालिका घोषणा भएको तिलोत्तमाबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले छलफल तथा अन्तरक्रिया भएको हो । कार्यक्रमको लागि तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा बाल समूह सञ्जालका पदाधिकारी तथा सदस्यसहितको टोली सुनवल नगरपालिका पुगेको थियो । टोलीले बालमैत्री नगरपालिका घोषणालाई दिगोपन गराउन सुनवल नगरपालिकाले गरेका असल अभ्यासको बारेमा जानकारी लिएको छ ।


कमेन्ट गर्नुहोस्