
तिलोत्तमा सिटी,६ पौष २०७८। लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ। मायादेवि मन्दिर पछाडि रहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीको पुरानो भवनमा अन्दाजी २० बर्षिय युवतीको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। शव फेला परेको स्थानमा अहिले ठुलो झाडि छ।ती युवतीको शव आज (मंगलबार) साँझ ५ः३० बजे तीर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।
शब भेटिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। शवलाई पोष्टमार्टमका लागि भैरहवा स्थित भीम अस्पताल ल्याईएको छ। स्थानियका अनुसार कसैले हत्या गरेर झाडिमा ल्याएर फालेको हुनसक्ने बताईएको छ। बिश्व शान्तिको मुहान लुम्बिनीमा फेला परेको उक्त शवले लुम्बिनीको शान्ति सुरक्षालाई समेत चुनौती थपेको छ।
कमेन्ट गर्नुहोस्