लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चिसो ह्वात्तै बढ्यो,सजग रहनुस, यसवर्षको सर्वाधिक चिसो महसुस

IMG

तिलोत्तमा सिटी,४ पौष २०७८।  पश्चिम तराईमा चिसो बढेको छ । हुस्सु/कुहिरो लागेसँगै चिसो बढेको हो । भैरहवास्थित गौतमबुद्ध विमानस्थलको जल तथा मौसम मापन केन्द्रका अनुसार भैरहवामा आइतबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसो त मणिग्राममा आइतबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्म सर्वाधिक न्यूनतम तापक्रम मापन गरिएको छ । त्यस्तै शनिबार भैरहवाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो भने  मणिग्राममा बिहानको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। 

चिसो बढेसँगै सर्वसाधरणहरु सडक, चोकहरुमा आगोको सहारा लिन थालेका छन् । चिसोले जाडोयामका कपडाको व्यापार समेत बढेको छ ।त्यस्तै आइतबार बिहान धनगढीको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस, नेपालगंजको ८ दशमलव शून्य, सिमराको ९ दशमलव शून्य, जनकपुरको ७ दशमलव ५ र विराटनगरको ९ दशमलव शून्य मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्