
तिलोत्तमा सिटी,४ पौष २०७८। नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ । आइतबार आएको अन्तिम मतपरिणाम अनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । उनले ३८३६ मत पाएका छन् ।उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाले मत पाएका छन् । ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् । उनले १७०७ मत पाएका छन् ।
खुला ३५ केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार निर्वाचित
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार खुला ३५ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । शनिबार र आइतबार दुई दिनसम्म भएको मतगणनाको आइतबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमा १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् भने १९ जना पुरानै अनुहार दोहोरिएका छन् ।केन्द्रीय सदस्यमा निर्वाचित नयाँ अनुहारमा अधिकांश चर्चित युवा नेताहरु छन् । निर्वाचित हुनेमा अधिकांश नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका नेताहरु छन् ।पहिलो पटक केन्द्रीय सदस्य बन्नेमा उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल रहेका छन् ।
त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी पनि पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । केन्द्रीय कार्यसमितिमा नयाँ अनुहारमा उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य रहेका छन् ।केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित राणा तरुण दलका पूर्वअध्यक्ष एवं संविधान सभा सदस्य हुन् । खतिवडा पार्टी राजनीतिबाटै आएका नेता हुन् भने बस्नेत तरुण दल अध्यक्ष हुन् । काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् भने बराल नेविसंघका पूर्वउपाध्यक्ष हुन् । त्यस्तै ढुंगाना नेविसंघका अध्यक्ष हुन् । गौतम बर्दियाका निवर्तमान जिल्ला सभापति हुन् । पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।अमात्य कांग्रेस ललितपुर जिल्लाका निवर्तमान सभापति हुन् । शिवाकोटी पत्रकार हुन् भने रायमाझी नेविसंघबाट पार्टी राजनीतिमा आएका हुन् । त्यस्तै लामा तत्कालीन फोरम लोकतान्त्रिकबाट नेपाली कांग्रेसमा आएका हुन् । घिमिरे कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन् भने आचार्य रसुवाका निवर्तमान जिल्ला सभापति हुन् ।
हेर्नुहोस् कसले कति मत पाए ?
१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत-२४७६
१४. सुनीलबहादुर थापा-२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू-२४४१
१७. डा. रामशरण महत- २४३४
१८. बलबहादुर केसी-२३८८
१९. गोविन्द भट्टराई-२३५०
२०. कुन्दनराज काफ्ले-२२७९
२१. दीपक गिरी-२२६५
२२. सुरेन्द्रराज पाण्डे-२२०१
२३. पद्मनारायण चौधरी-२०३८
२४. राजीव ढुंगाना- १८९६
२५. गुरु बराल-१८७०
२६. सञ्जयकुमार गौतम-१८६७
२७. गोविन्द राज पोखरेल-१८४३
२८. मदनबहादुर अमात्य- १८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला -१७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य-१७५१
३४. गोपाल दहित-१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७
कमेन्ट गर्नुहोस्