लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सेवामा झरना स्पोर्ट्स क्लव

IMG

तिलोत्तमा सिटी,४ पौष २०७८। खेलकुदमा अब्बल मानिएको झरना स्पोर्ट्स क्लब तिलोत्तमा-६ कुन्जलापुरले सामाजिक सेवामा समेत आफ्नो कार्यकुशलता पेश गर्दै आएको छ। खेलकुद, रक्तदान, बृक्षारोपण, कुन्जपार्क ब्यबस्थापन गर्दै आएको झरना स्पोर्ट्स क्लबले २०७८ सालको देउसी  भैलो कार्यक्रममा संकलित रकमबाट स्थानिय तिलोत्तमा-९ मंगलापुर स्थित शृजनशिल संघ नेपालद्वारा संरक्षित सडक वालबालिकालाई जिन्सी सामाग्री साथै सहवनभोजको व्यवस्था गरेको छ।क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलका अनुसार अनाथ तथा असहाय बालबालिकालाई पनि जाडोको बेला न्यानो कपडा तथा पारिवारिक बाताबरणमा बनभॊज गर्दा मानसिक असर नपर्ने र उनीहरुको हौसला बढ्ने भएकाले सानो भएपनि सहयोग गरेको बताए।  


कमेन्ट गर्नुहोस्