
२०७८ मङ्सिर २८, तिलोत्तमा सिटी। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड मंगलबारदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ ।सडक चौडा बनाउन पहाड कटान गर्नुपर्ने भएकाले मंगलबार (आज) देखि पुस १३ गतेसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द हुने भएको हो ।सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सो अवधिमा बुटवल सिद्ध बाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक खण्डमा रातभर सवारी साधन सञ्चालन गर्न बन्द गरिने छ ।उक्त सडक महेश इन्जिनियरिङ सत्यवती जेभी नवलपरासी पश्चिम र बन्दन भगवती÷महेश सत्यवती जेभीले बनाउने ठेक्का पाएका छन् ।
कमेन्ट गर्नुहोस्