लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौथो ब्यापार मेलामा चारसय बढी स्टल रहने

IMG

२०७८ मङ्सिर २८, तिलोत्तमा सिटी। आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा चार सय बढी स्टल रहने भएका छन् । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा पुस २० गतेसम्म मेला हुन लागेको हो । मेलामा स्वदेशी तथा विदेशी उत्पादनका चार सय ५० स्टल रहने र मंगलबारसम्म करिब सय वटा स्टल दर्ता भइसकेका स्टल व्यवस्थापन संयोजक लोकनाथ पाण्डेले जानकारी दिए । प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन, कृषि र नयां प्रविधिका स्टललाई प्राथमिकता दिइएको मेलाका प्रवक्ता विष्णुप्रसाद पाण्डेले जानकारी दिए  ।


यस्तै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडल, मम्मी डान्स, विद्यालयस्तरीय नृत्य र दोहोरी गीत प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए । मेलामा युवा पुस्तालाई आकर्षित गर्न १५ वटा सेल्फी जोन र शंखघण्टसहितका पूजारी राखेर ११ थरि देवी–देवताका मन्दिर बनाइने संघका प्रचारप्रसार समिति संयोजक जनेस पन्थीले बताए । बुटवलमा क्रियाशील चार वटा व्यवासयिक संस्था मध्ये उद्योग ब्यापार संघ बुटवलले पहिलोपटक पुसमा मेला आयोजना गर्न लागेको हो । 


कमेन्ट गर्नुहोस्