
२०७८ मङ्सिर २७, तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ लाई बालमैत्री स्थानिय शासन युक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । नयामिल देखि शंकरनगरसम्म आफ्नो क्षेत्र रही ड्राइभरटोल चोक नजिकै वडा कार्यालय रहेको सो वडाभित्र रहेका बाल बालिका सम्बन्धि गतिबिधि हरुको ५१ वटा सूचक पुरा गर्दै सोमबार बालमैत्री वडा घोषणा गरिएको हो । योसँगै तिलोत्तमाका १७ वटै वडा बालमैत्री वडा घोषणा भएको छ । सबै जसो वडाको मङ्सिर २७ गतेकै दिन पारेर एकैपटक बालमैत्री वडा घोषणा भएको हो।
तिलोत्तमा -१ स्थित वडा कार्यालय परिसरमा आयोजित एक समारोहबीच वडा अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षतामा भएको बृहत कार्यक्रममा वडाको बालश्रममुक्त वडा घोषणा प्रमाणपत्र हस्तान्तरण गरिएको हो। सो अवसरमा बोल्दै वडा अध्यक्ष पाण्डेले बालबालिकाको लागी गर्नुपर्ने धेरै कुरा गर्न बाँकी रहेकोले धेरै कुरा बाल मात्री वडाले पुरागर्ने हा सबैको सहयोगले वडा बालमैत्री भएकोमा खुसि ब्यक्त गर्नुभयो। वडा बासीहरुमा बधाई तथा शुभकामना दिदै नेकपा एमालेका नगर अध्यक्ष समेत रहेका पाण्डेले वडा नम्बर १ मा बाल बालिकालाई घरबाटै बालमैत्री बाताबारणका लागी सहज बनाउन आग्रह गर्दै बालबालिकाको भविष्यका लागि सबै कम्मर कसेर लाग्नुपर्ने बताउनुभयो।
सो अवसरमा वडा बाल समूहकि अध्यक्ष, बिभिन्ना निजि तथा समाउदायिक बिद्यालयका अध्यक्ष, प्रधानाध्यापक, विभिन्न सहकारी, खानेपानी सस्था, सरसफाई सस्था, क्लब, आमा समूह, टोल बिकास, स्वास्थ्य चौकी, प्रहरी संचारकर्मी लगायतले बोल्दै वडालाई बधाई तथा निरन्तरताको लागि शुभकामना तथा प्रतिबद्धता ब्यक्त गरेका थिए। वडा सचिव हरि खतिवडाले संचालन गर्नुभएको कार्यक्रममा तिलोत्तमा वडा नम्बर -१ का जनप्रतिनिधिहरु, राजनीतिक दलको समेत उपस्थिति रहेको थियो। तिलोत्तमाको सबै वार्ड घोषणा भएपछी नगरलाइ भब्य समारोहका बीच यहि मंसिर २९ गते बालमैत्री नगर घोषणा गरिदै छ।
कमेन्ट गर्नुहोस्