लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खुकुरी प्रहारगरी श्रीमतीको हत्या, प्रहरी समक्ष आत्मसमर्पण

tillotmacitynews - 2021 Dec 10 10:30 PM
IMG

२०७८ मङ्सिर २४, तिलोत्तमा सिटी।  आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रुपन्देहीका एक जना पुरुष आफै प्रहरी कार्यालय पुगेका छन्। रुपन्देहीको सैनामैनाका सुकुम भन्ने सन्तबहादुर घर्ति श्रीमती हत्या गरेर आफै प्रहरी कार्यालय पुगेका छन्। घर्तिले शुक्रवार विहान आफ्नै श्रीमती ३६ वर्षिय खुमा घर्तिको खुकुरी प्रहार गरि हत्या गरेका थिए। सैनामैना ८ बांसगढीमा घर भएकी खुमा शुक्रवार बुटवल ११ स्थित दिदी गोमा थापाको घरमा आएकी थिईन्। सामान्य झगडा पछि खुमा आफ्नी दिदीको घर आएको पारिवारिक श्रोतले जनाएको छ। दिदीको घरमा बसेको बेला सन्तबहादुरले खुमाको घांटीमा खुकुरी प्रहार गरेका थिए। विहान साढे ११ बजेतिर खुकुरी प्रहारबाट गम्भिर घाईते भएकी खुमाको उपचारको क्रममा मध्यान्ह साढे १२ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।


श्रीमतीलाई खुकुरी प्रहार गरी तत्काल फरार रहेका सन्तबहादुर दिउसो तीन बजेतिर आफै ईलाका प्रहरी कार्यालय बुटवल पुगेका हुन्। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक ठग बहादुर केसीले आफुहरुले खोजि गरेको थाहा पाएपछि सन्तबहादुर आफै प्रहरी कार्यालय आएको हुन सक्ने बताए। ‘हामीले खोजि गरिरहेका थियौं, दिउसो उनि आफै श्रीमतीको हत्या गरें भन्दै हाम्रो सम्पर्कमा आएका छन्।’ केसीले भने। केसीका अनुसार श्रीमतीको हत्या आफैले स्वीकार गरेका सन्तबहादुर सामान्य अवस्थामा देखिएको र उनको स्वास्थ्य परिक्षण गर्ने तयारी भएको बताए। आफैले हत्या स्वीकार गरेका सन्तबहादुरले हत्या किन र के कारणले गरेको भने प्रहरीसामु बताएका छैनन। मृतककी दिदिले ढोका खोल्न आग्रह गर्दापनि नखुलेको र मृतकको श्रीमान रक्ताम्य अवस्थामा भाग्न खोज्दा पनि समात्न नसकेको परिवारलाइ उदृत गर्दै स्थानिय जनप्रतिनिधि नहकुल शाहीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्