लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिरा ट्रष्टद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण

IMG

२०७८ मङ्सिर २४, तिलोत्तमा सिटी।  रुपन्देहीमा रहेको मिरा ट्रष्टले विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तानतरण गरेको छ । ट्रष्टले शुक्रवार तिलोत्तमा ३ स्थित श्री  हाम्रो सगरमाथा आधारभुत विद्यालयका कक्षा १ देखि ४ सम्म अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो । पोशाक हस्तानतरण कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा ३ का वडा सदस्य गिता सापकोटाले नगरपालीका बालमैत्री बन्ने क्रममा रहेका बेला ट्रष्टले गरेको सहयोगले अपरिहार्य भुमिका निर्वाह गर्ने बताइन् । उनले ट्रष्टको प्रशंसा गर्दै यस्ता अभियानले न्युन आय भएका विद्यालयका विद्यार्थीले समेत उच्चस्तरीय सरह सुविधा प्राप्त गर्न सकने जनाइन् । आगामी दिनमा निरन्तर सामाजिक कार्यमा लागिरहन उनले सुझाइन् ।





ट्रष्टका संस्थापक हेमलाल शर्माले विद्यार्थीहरुलाई पढ्न जांदा पहिरिने पोशाक नै वितरण गर्न पाउंदा खुसी लागेको भन्दै आगामी दिनमा अन्य क्षेत्र र स्थानमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले आवश्यकता परेका असाह्य लाई कुनैपनि बेला सहयोग गर्न आफुहरु तत्पर रहेको बताए ।ट्रष्टले हस्तानतरण साथै वार्षिक परिक्षामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ः १ हजार, ५ सय र २ सय रुपैयां पुरस्कार दिने समेत घोषणा गरेको छ । कार्यक्रम संस्थापक हेमलाल शर्माको सभापतित्व, वडा ३ की सदस्य गिता सापकोटाको प्रमुख आतिथ्यता, ट्रष्टका संरक्षक मिरा शर्मा र विद्यालयका प्राचार्य घनश्याम घिमिरेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन महासचिव रामचन्द्र पौडेलले गरेका थिए । 

कमेन्ट गर्नुहोस्