लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

tillotmacitynews - 2021 Dec 07 11:16 PM
IMG

२०७८ मङ्सिर २१, तिलोत्तमा सिटी।  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर आउँदो १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरूले आउँदो १–१०पुससम्ममा दल दर्ता गरिसक्नुपर्ने जानकारी दिएको छ । सार्वजनिक तालिकाअनुसार १७ पुसमा मतदाता नामावली प्रकाशन, नाम सच्याउन र विरोध उजुरी गर्न, १८ र १९ पुसमा उजूरी उपर छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।  


यस्तै २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ पुसमा  मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने, २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र १२ माघमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने सार्वजनिक तालिकामा उल्लेख छ । 


आयोगले जारी गरेको विज्ञप्ति :


मिति २०७८/१०/१२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि मिति २०७८/९/१ गतेदेखि ऐ. १० गतेसम्म दर्ता गर्नुपर्नेगरी मिति तोकेको छ । निर्वाचन कार्यक्रम अनुसार मिति २०७८/९/१७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ।


यसैगरी मिति २०७८ पुस १८ र १९ गते निवेदन तथा उजूरी उपर छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र तोकिएका मतदानकेन्द्रहरुमा माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्