

तिलोत्तमा सिटी, १८ मंसिर २०७८, शनिबार ।
नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखा तथा हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. काे संयुक्त आयोजनामा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
तिलोत्तमा-२ मा अवस्थित सहकारीकाे कार्यालय परिसरमा भएकाे कार्यक्रममा १२ जना महिला सहित ८२ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस साेसाइटी मणिग्राम शाखाका सभापति टेकबहादुर थापाले कार्यक्रमकाे उद्घाटन गर्दै यस्ता संस्थाहरुकाे आयाेजनामा हुने रक्तदान कार्यक्रमले रक्ततत्व व्यवस्थापनमा महत्त्वपूर्ण याेगदान पुर्याउने बताए । नियमित रक्तदान गर्नुले मानिसको शरीर स्वस्थ रहने समेत बताए ।
कार्यक्रममा तिलाेत्तमा न.पा. वडा नं.२ का जनप्रतिनिधि श्यामलाल खत्री, नेत्रकुमारी सापकोटा, रुपा बि.क., संस्थाका सल्लाहकार टंकप्रसाद पाैडेल, साेमनाथ सुवेदी, सिद्धेश्वर महादेव मन्दिरका अध्यक्ष खिलबहादुर पाैडेल, जागृति युवा क्लबका अध्यक्ष विदुर के.सी., नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल लगायतको आतिथ्यता रहेकाे थियाे ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयाेग रहेको कार्यक्रममा हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लाेकनाथ पाण्डेकाे अध्यक्षता तथा सचिव ताेलाकान्त डुम्रेकाे स्वागत रहेकाे थियाे ।
कार्यक्रम समाजका तिलाेत्तमा शाखा अध्यक्ष गाेविन्द भुसालको सञ्चालन एवं सहकारीका उपाध्यक्ष हाेमप्रसाद शर्माको संयाेजकत्वमा सम्पन्न भएकाे थियाे ।
कमेन्ट गर्नुहोस्