लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेहेन्दार विद्यार्थीलाई न्यानाे कपडा वितरण

IMG

तिलोत्तमा सिटी, १७ मंसिर २०७८, शुक्रबार । लायन्स क्लब अफ शंकरनगर प्रसन्नले जनज्योति माध्यमिक विद्यालय तिलाेत्तमा ४ का विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकाे छ ।
शुक्रबार एक कार्यक्रमकाे आयाेजना गर्दै क्लबका अध्यक्ष झंकनाथ गैरेका स्वर्गीय पिताकाे स्मृतिमा वार्षिक पुण्य तिथीकाे दिन पारेर २७ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको हाे ।
अध्यक्ष गैरेकाे प्रायाेजनमा भएकाे कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकाजी श्रेष्ठले जाडाे आउँदै गरेकाे समयमा क्लबले यस्तो कार्यक्रम गर्नु अत्यन्त सह्रानीय भएकाे बताउँदै २० जना छात्रलाई आफुले न्यानाे कपडा प्रदान गर्ने घाेषणा गरे । प्रधानाध्यापक बाबुराम आचार्यले क्लबलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम क्लबका काेषाध्यक्ष गाेविन्द भुसालको संयाेजन, प्रथम उपाध्यक्ष कृष्ण गुरुङको स्वागत तथा सचिव लिला पाण्डेको सञ्चालनमा भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्