
२०७८ मङ्सिर १२,तिलोत्तमा सिटी। नेकपा एमालेको महासचिवमा शंकर पोखरेलको नाम अघि सारिएको छ । अध्यक्ष मण्डलको बैठक बस्नुअघि शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरेको स्रोतले जनाएको छ ।महासचिवका प्रमुख दाबेदार विष्णु पौडेललाई सहमत गराएरै ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गर्न लागेको एमाले स्रोतले जनाएको छ ।नेकपामै महासचिव भइसकेका पौडेल ईश्वर पोखरेलपछिको बरियतामा उपाध्यक्ष प्रस्तावित भएका छन् । अहिले अध्यक्ष मण्डलको बैठक चलिरहेको छ ।अध्यक्ष मण्डलको बैठकपछि बन्द सत्र सुरु हुने बताइएको छ । बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।बन्द सत्र स्थलबाहिर अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत हुनुपर्ने माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्