लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा करेन्ट लागेर एकजनाको मृत्यु

IMG

२०७८ मङ्सिर १२,तिलोत्तमा सिटी।बुटवल उपमहानगरपालिकाको नयाँ बनेको प्रशासकीय भवनमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।नेपाल विद्युत प्राधिकरणका कर्मचारी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ घर भई बुटवल गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।थ्री फेज विद्युत जडान गर्ने क्रममा भएको घटनामा बुटवल उपमहानगरपालिका–४ का २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर घर भई बुटवल–३ बस्दै आएका २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुंदालीले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए ।


कमेन्ट गर्नुहोस्