लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा खेलौना तथा कुसन उत्पादन तालिम सम्पन्न

IMG

२०७८ मंसिर ८ तिलोत्तमा सिटी । रुपन्देहिको तिलोतमा नगरपालिकाको आयोजनामा सन्चालित २० दिने खेलौना तथा कुसन उत्पादन सम्बन्धि सीप विकास तालिम तिलोत्तमा १७ गङ्गोलियाको ठठरिहवामा सम्पन्न भएको छ । तिलोतमा न. पा. वडा न. १७ का वडा अध्यक्ष दानबहादुर चौधरीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख अथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा १० जना सहभागिहरुलाई खेलौना तथा कुसन बनाउने तालिम दिइएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले बनाएका खेलौना तथा कुसनहरुलाई प्रदर्शन समेत गरिएको सो कार्यक्रममा नगरप्रमुख घिमिरेले स्वरोजगारका लागि महिला जागरुक भै सीप र योग्यता अनि दक्षता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । उहाले नगरपालिकाले ती र त्यस्ता खालका तालिम नियमित रुपमा दिदै आएको हुदा सीप सिकेर ब्यबहारमा लागू गरे मात्र स्वरोजगार हुने अनि बेरोजगारी घटेर जाने बताउनुभयो ।


 


सोहि अवसरमा बोल्दै वडा नम्बर १७ का अध्यक्ष दानबहादुर चौधरिले महिलाको हक हित र सुरक्षाका लागि आत्मनिर्भर हुनुपर्ने र त्यसको लागि सीप सिक्नुपर्ने अनि व्यबहारमा लागू गर्नुपर्ने बताउनुभयो । ठठरिहवा टोलबिकाशका अध्यक्ष प्रधुम्न थारु लगायतले बोल्दै महिलाहरुको घरेलु स्वरोजगारका लागि सबै सीप सिकेर व्यबहारमा उतार्नुपर्ने बताएका थिए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उद्धम बिकाश सहजकर्ता शान्ता बिकले सहजिकरण गर्नुभएको थियो ।


                 

कमेन्ट गर्नुहोस्