लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तानसेन-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

IMG

२०७८ मङ्सिर ७ ,तिलोत्तमा सिटी ।  सडक डिभिजन कार्यालयले तानसेन तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ । कार्यालयले मंसीर ८ गतेदेखि मंसीर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म १५ दिन बाटो बन्द गर्ने जनाएको छ ।तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्नका लागि सडक कार्यालयले बाटो बन्द गर्ने सूचना जारी गरेको हो ।उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।

कमेन्ट गर्नुहोस्