लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा किसानको साढे ४ अर्व बढिको धान नोक्सान

IMG

तिलोत्तमा सिटी,५ कार्तिक २०७८।  लुम्बिनी प्रदेशमा १ लाख ६१ हजार २२३ मेट्रीकटन धान नष्ट भएको छ । जसबाट  किसानको साढे ४ अर्व बढि नोक्सान भएको प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनाएका छन् ।बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री केसीले प्रदेशका विभिन्न जिल्लामा ३६ हजार ४८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरमा रहेको खडा रहेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुदाँ करिव ४ अर्व ५१ करोड ४२ लाख रुपैयाँको बाली नष्ट भएको जनाएका हुन् ।


बेमौसमी बर्षाका कारण किसानको बर्षदिनको मेहनत खेर गएकोमा आफू दुखी भएको बताउँदै बाढी र पहिरोमा परि प्यूठान माण्डवी गाउँंपालिका वडा नं. ४ निवासी २८ वर्षिय देविसरा कार्की लगायतले ज्यान गुमाएकोमा दु:ख व्यक्त गरेका छन् ।प्रेस विज्ञप्तिमा कर्णाली नदिमा आएको वाढीले बर्दिया जिल्लाको राजापुर नगरपालिकाको १ हजार २७  घर परिवार र गेरुवा गाउँपालिकाको २ सय १० घर परिवार गरी १ हजार २३७ घर परिवार प्रत्यक्ष प्रभावित भएको मुख्यमन्त्रीले जनाएका छन् । साथै, राप्ती, कालीगण्डकी, नारायणी लगायतका नदिले समेत प्रदेशवासीलाई प्रभावित बनाएको उल्लेख गर्दै केसीले प्रदेश सरकारले सबैको समन्वयमा संबेदनशीलताका साथ उद्धार तथा राहत प्रदानको व्यवस्था गरेको बताएका छन् ।बर्षालेतराईमा मात्रै नभएर पहाडमा समेत मकैबालीमा पुगेको उल्लेख गर्दै केसीले किसानको धान उठाउन सहयोग गर्न  सुरक्षा निकाय, स्थानीयतहका सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायतलाई सार्वजनिक अपिल गरेका छन् । सेतोमसी 


कमेन्ट गर्नुहोस्