
तिलोत्तमा सिटी,२४ असोज २०७८। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर चार जना सुकुम्बासी बस्न आउने मध्येको ज्यान गएको छ । दशैंका वेला प्रशासनले डोजर चलाउँदा भएको झडपका क्रममा उनीहरुको ज्यान गएको हो । मृतकको परिचय खुलिसकेको छैन । उनीहरुको शव भैरहवाको युनिभर्सल मेडिकल कलेजमा राखिएको छ ।आइतबार दिउँसो भएको घटनामा १६ जना आन्दोलनमा उत्रिएका व्यक्ति घाइते छन्, एकको अवस्था गम्भीर छ । सुरक्षा निकायतर्फ पनि धेरै संख्यामा घाइते भएको विवरण आएको छ ।घटनाबारे दिनभर मौनता साँधेको जिल्ला प्रशासनले आइतबार साँझ प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलेको बताएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रसासनको ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्नु दायित्व हो, हामीले संयमता अपनाएका थियौं ।’तर आन्दोलनमा उत्रिएकाहरुले आन्दोलनको स्वरुप बदलेपछि चार जनाको मृत्यु भएको हो । त्यसो त सर्वसाधारणतर्फ १६, नेपाल प्रहरीतर्फ १६ जना, सशस्त्र प्रहरीतर्फ १५ जना घाइते भएका प्रमुख जिल्ला अधिकारि तिवारीले बताए।
बाहिर ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएपछि सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बमबाट आक्रमण भएपछि बाध्य भएर गोली चलाउनु परेको र एसपीहरुलाई नै पेट्रोल बमले लागेकोले सो घट्ना भएको उनको भनाई छ। प्रसासनले पहिले सो क्षेत्रका बारेमा माइकिङ्ग गरेको भएपनि घट्ना हुने दिन पहिले अश्रुग्यास, त्यसपछि हवाई फायर भएको र त्यसपछि मात्रै गोली चलेको बताउदै उनले प्रदर्शकारीबाट आक्रमण हुन थालेपछि घटना भएको स्वीकारे।प्रशासनले २८ गतेदेखि निषेधाज्ञा लगाएर माइकिङ विगतमा पनि गरिरहेको त्यसमा पूर्वसतर्कता स्वरुप संवेदनशीलता र संयमता पनि अपनाइ आएको तर सुरक्षाकर्मी परिचालित भएको अवस्थामा प्रदर्शनकारीबाट आक्रमण भएर सो घटना भएको उनको भनाई छ। प्रशासन निर्मम नभइ संयमता अपनाएको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाई छ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो ।यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।
कमेन्ट गर्नुहोस्