लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका समाजसेवी प्रेम खरेलको भारतमा निधन

IMG

तिलोत्तमा सिटी,२३ असोज २०७८।  तिलोत्तमाका युवा समाजसेवी तथा नेपाली कांग्रेसका नेता प्रेम नारायण खरेलको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा-४ नयामील निवासी खरेलको केही बर्ष पहिले मुटुको भल्ब फेरिएपछि उहाँ नियमित मुटुको उपचारमा हुनुहुन्थ्यो । समाजसेवी खरेलको शनिबार उपचारको क्रममा भारतको दिल्लीको मेदान्त अस्पतालमा निधन भएको नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले हामीलाई जानकारी दिए ।


५७ वर्षीय खरेल खरेल महासमिति सदस्य तथा पूर्व जिल्ला सदस्य समेत हुन् । स्वर्गिय खरेलका १ छोरा र ५ छोरी छन् । यस्तै नेपाली कांग्रेस रुपन्देहीले खरेलको निधन प्रति शोक व्यक्त गरेको छ । ५७ वर्षको उमेरमा उपचारको क्रममा दिल्लीमा शनिबार विहान भएको निधनले स्तब्ध एवं मर्माहत बनाएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्धारा जारी शोक विज्ञप्तीमा उल्लेख छ । शोकमा कांग्रेस रुपन्देहीले ३ दिनसम्म पार्टीको झण्डा झुकाउने जनाएको  छ ।

कमेन्ट गर्नुहोस्