लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हामी चुनाव अगाडि भूमिहीनलाई लालपूर्जा दिन्छौं : प्रचण्ड

IMG

तिलोत्तमा सिटी,२३ असोज २०७८।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा वितरण गर्ने दाबी गरेका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमि आयोग बनेको र आफ्नो दलले भूमि व्यवस्था मन्त्रालय लिएको बताए । उनले अघि भने, ‘हेर्नुहोला, चुनाव अगाडि लालपूर्जा वितरण गर्छौं ।’ओली सरकारले बनाएको भूमि आयोग विघटन गरेर देउवा सरकारले नयाँ आयोग बनाएको छ ।


माओवादी केन्द्रको भागमा परेको भूमि व्यवस्था मन्त्रालयमा शशी श्रेष्ठ मन्त्री बनेकी छन् ।कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर पुर्‍याउने चेतावनी समेत दिएका छन् । आगोसँग खेलेका कारण बालुवाटारबाट बाटकोट पुगेको र प्रदेश सरकारहरु पनि गुमाएको भन्दै उनले भने, ‘२/४ दिनमा बाग्मती र १ नम्बर प्रदेशबाट पनि जानेछ ।’उनले सत्तारुढ गठबन्धनमा फाटो ल्याउने प्रयास अब असफल भएको दाबी समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्