
तिलोत्तमा सिटी,२१ असोज २०७८। नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाको पाँचौ नियमित रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले रक्तदान जस्तो अत्यन्तै सामाजिक कार्यमा अग्रसर सस्थालाई प्रगति र कार्यमा निरन्तर लाग्न आग्रह गर्नुभयो। उहाले रक्तदानको ब्यबस्थापनमा आफु र समग्र नगरपालिका सहयोग सहकार्य गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो।
सो कार्यक्रममा बिशिष्ठ अतिथि तिलाेत्तमा नगरपालिका कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर ढकालले सस्थाले गरेको कार्यको खुलेर सराहना ब्यक्त गर्नुभयो। उहाले वडागत रुपमा गर्न लागिएकोमासिक रुपको यो सामाजिक कार्यको प्रगति र सफलाताको कामना गर्नुभयो।
कार्यक्रममा सस्थाका जिल्ला शाखाका अध्यक्ष तथा तिलाेत्तमा शाखाका सल्लाहकार कृष्ण चाैहान क्षेत्री, सल्लाहकार अर्जुनप्रसाद पाैडेल लगायतका व्यक्तिहरुले आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो।नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाका अध्यक्ष गोबिन्द भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, पदाधिकारी तथा आजीवन सदस्यहरु र आमन्त्रित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो।
कमेन्ट गर्नुहोस्