लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा लागुऔषधसहित एक जना पक्राउ

IMG

तिलोत्तमा सिटी,२१ असोज २०७८। बुटवलमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उप-महानगरपालिका वडा नं. ४ घर भई वडा नं.२ बस्ने ३७ वर्षिय लक्षमण विक (लछुमन) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।उनको साथबाट १६ पुरिया ब्राउन सुगर (१७ ग्राम १०० मिलि ग्राम) जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद २९ हजार र लु २१ प ७४० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्