
तिलोत्तमा सिटी,२१ असोज २०७८। तिलोत्तमा चेम्बर अफ कमर्स(ब्यापार संघ) को शुभकामना आदान-प्रदान कार्यक्रम आज मणिग्राम स्थित आफनै कार्यालयमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाबुलाल भुसालको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा संघ संग आबद्ध विभिन्न व्यक्ति तथा आमन्त्रित अतिथिहरुले शुभकामना आदान प्रदान तथा सान्दर्भिक मन्तब्य राखेका थिए।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद एवं पुर्व मन्त्री लिला गिरीले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु अग्रभागमा रहेर कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो । साथै संस्थाको निर्माणाधीन भवनको काम शिलान्यासपछि निर्माण कार्य रोकिएको हुँदा तत्काल छलफल गरी समस्याको समाधान गरी अगाडी बढ्न र आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्वता समेत ब्यक्त गर्नुभएको थियो । सस्थाका अध्यक्ष बाबुलाल भुसालले संघले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडी बढाउदै लैजाने साथै सम्पुर्णमा विजया दशमी, शुभ दीपावली, नेपाल संमत् ११४२ एवं छठ पर्व २०७८ को शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा शुभकामना दिदै निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल(जे.पी.) ले आगामी दिनमा संस्थाकाे आफ्नै भवनबाट सम्पुर्ण कार्यहरु गर्ने गरी सबै पक्षसंग सहकार्य गरी भवन निर्माण कार्य अगाडी बढाउन आग्रह गर्दै आफू जस्तोसुकै कार्यमा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले राख्नु भएको थियो भने शुभकामना मन्तव्य पुर्व सल्लाहकार लोकहरी श्रेष्ठ, डा.रोहितराज क्षेत्री, सल्लाहकार नुमेन्द्र पौडेल, निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल(जे.पी.), लगायतले शुभकामना आ-आफ्ना भनाई राख्नुभएको थियोे । कार्यक्रमको संचालन महासचिव बिष्णु बरालले गर्नुभएको थियोे भने ब्यवस्थापन सचीव मान बहादुर बर्माले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद एवं पुर्व मन्त्री लिला गिरी, विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका नगरप्रमुख बासुदेव घिमिरे, अन्य अतिथिहरुमा ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण डांगी, सस्थाका निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल(जे.पी.), पुर्व सल्लाहकार, पुर्व पदाधिकारी, पुर्व कार्यसमिति सदस्य, पुर्व लेखासमिति साथै संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखासमिति, सल्लाहकार समिति, समिति, उद्योगी, व्यवसायीहरु एवं कर्मचारीहरुको उपस्थिति रहेकोे संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी गराउनुभयो ।
कमेन्ट गर्नुहोस्