लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले दिए राजीनामा

IMG

तिलोत्तमा सिटी,५ असोज २०७८।  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्। असोज ८ गते स्वत: अवकाश हुने पोखरेलले तीन दिन अगाडि नै पदबाट राजीनामा दिएका हुन्।पोखरेललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरिएको थियो। तर प्राधिकरणको १२ औँ तहमा रहेको कर्मचारी ६ वर्षे कार्यअवधी व्यवस्था रहेको छ। तर १२ औँ तहको कर्मचारीको हकमा तालिम केन्द्र लगायतमा पद रहने व्यवस्था रहे पनि महानिर्देशक बन्न भने नपाउने व्यवस्था रहेको छ। कानुनी रुपमा केही नबुझिएकाले पनि झन्झट बाट टाढै रहनका लागि आफूले राजीनामा दिएको महानिर्देशक पोखरेलले जानकारी दिए। 


नागरिक उड्डयन प्राधिकरण छुट्याउने प्रस्तावका कारण पोखरेलले विवाद खेप्नु परेको थियो। अहिले सेवा प्रदायक र नियमक छुट्याउने विधेयक राष्ट्रिय सभामा छलफलमै रहेको छ। जसका कारण कर्मचारी संगठन र युनियनले कार्यलयमा धर्ना समेत दिएका थिए। २०७६ असार १३ गते महानिर्देशक बनेका पोखरेलले पदबाट राजीनामा दिएका हुन्। पाेखरेलले राजीनामा दिएस‌ँगै अब प्राधिकरणमा नयाँ महानिर्देशककाे दाैड पेचिलाे बनेकाे छ। पर्यटन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको मन्त्रिपरिषद् बैठकमा महानिर्देशक नियुक्तीको प्रस्ताव लैजाने तयारी गरेका छन्। नयाँ महानिर्देशकको दौडमा पाँच जना देखिएका छन्। प्राधिकरणका दुई जना उपमहानिर्देशकले राजीनामा दिएका छन्। उपमहानिर्देशक देवानन्द उपाध्याय र नरेन्द्रबहादुर थापाले राजीनामा दिइसकेका छन्। 


अवकाशको समय नजिकिएसँगै उनीहरुले राजीनामा दिएका हुन्।दुबै जना उपमहानिर्देशक असोज ८ गते स्वतः अवकाश हुँदै छन्। प्राधिकरणका १२ औँ तहममा बढुवा भएपछि ६ वर्षसम्म काम गर्न पाइन्छ। सोही व्यवस्थाअनुसार उनीहरू असोज ८ गते स्वतः अवकाश हुने भएपछि केही दिन अगाडि नै पदबाट राजीनामा हुन्। प्राधिकरणमा अहिले १२ तहमा रहेको ६ जना मध्ये ३ जना असोज ८ गते अवकाश हुँदै छन्।  त्यसबाहेक १२ तहमा रहेका उपमहानिर्देशक राजकुमार क्षेत्री पुस २५ गते र भोला गुरागाइँ फागुन २७ अवकाश हुँदै छन्। छोटै समय बाँकी भए पनि राजकुमार क्षेत्री र भोला गुरागाइँ पनि महानिर्देशकको दौडमा छन्। यता राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको निर्देशनालयका निर्देशक प्रदिप अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारी महानिर्देशकको दौडमा छन्।साथै पर्यटन मन्त्रालयका सहसचिव तथा हवाई उद्याेग महाशाखा प्रमुख बुद्धसागर लामिछाने पनि दाैड छन्। सरकारले जिम्मेवारी दिए आफू पछि नहट्ने  उनकाे भनाइ छ।


के के गरे पोखरेलले

- प्राधिकरणलाई नियामक र सेवा प्रदायक संस्थाको रुपमा विभाजन  प्रक्रिया अगाडि बढाए

- नयाँ अन्तर्राष्ट्रिय विमानस्थल विदेशी सहभागितामा संचालन गर्ने–विमानस्थल संचालन एक व्यावसायीक गतिविधि भएको हुँदा यसलाई व्यावसायिक दक्षताका साथ सञ्चालन गर्न आवश्यक छ प्रारुप तयार गरेका छन्।

- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने चरणमा छ। तर, विभागी मन्त्रीको अभावमा क्यालिब्रेसन उडान भने रोकिएको छ।

- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबको एक वर्ष भित्रै सम्पन्न हुने अवस्थामा पुर्‍याएका छन्।

- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको प्रस्थान तथा आगमन कक्ष विस्तार, धावनमार्ग विस्तार, वायुयान विसान क्षेत्र विस्तारका कार्य सम्पन्न भएको छ। धावनमार्गको दुवैतर्फ अन्तिम विन्दुमा ट्याक्सी मार्गलाई लम्ब्याई धावनमार्गको क्षमता विस्तार गर्ने कार्य पनि सुरु भएको छ।

- अन्तर्राष्ट्रिय उडानमा कागजविहीन चेक इन प्रणाली विकास गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाई यात्रु चेक इन तथा बोर्डिङ्गमा अत्याधुनिक सियूपीपीएस सञ्चालनमान आएको छ।

- तराईका ठूला विमानस्थलहरुमा विद्यमान पुराना तथा साँघुरो भइसकेका टर्मिनल भवनलाई नयाँ आधुनिक टर्मिनल भवनले क्रमशः विस्थापित गर्दै लैजाने नीति अगाडि बढाएका छन्।

- विमानस्थलको विस्तार तथा पूर्वाधार विकासका लागि प्रदेश सरकार, स्थानीय निकाय तथा प्राधिकरणवीच विराटनगर, सुर्खेत र महेन्द्रनगर विमानस्थलको विकास तथा विस्तारका लागि लगानीमा साझेदारी गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

- गौतम बुद्धमा भूउपग्रहमा आधारित उडान कार्यविधि तयार भएको छ।

कमेन्ट गर्नुहोस्