लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गर्न खोजियो : महासंघ अध्यक्ष पाेखरेल

IMG

तिलोत्तमा सिटी,४ असोज २०७८। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलले प्रेसलाइ अकुंश लगाउने कुनै पनि कानुन स्विकार्य नहुने बताएका छन । संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गरेकाे भन्दै उनले आपत्ति जनाए ।नेपाल पत्रकार महासंघकाे आयाेजना तथा रूपन्देही शाखाकाे समन्वयमा साेमबारदेखि बुटवलका शुरू भएकाे एक हप्ते आधारभूत पत्रकारिता तालिमकाे उद्घाटन गर्दै अध्यक्ष पाेखरेले प्रेसमैत्रि कानुन बनाउन तीन तहकै सरकारकाे ध्यानाकर्षण गराए। ‘लुम्बिनी प्रदेश सरकारले बनाएकाे कानुन प्रेसविराेधि छ, त्यसलाई फिर्ता गर्न माग गरेका छाैं’ अध्यक्ष पाेखरेलले भने – ‘सरकारले नसच्याए महासंघले स्विकार गर्दैन ।’ उनले लुम्बिनि सहित केही प्रदेशले बनाएका मिडिया सम्बद्व कानुन प्रेसविराेधि भएकाले त्यसका विरूद्व पत्रकारहरू बाेल्नुपर्ने बताए । अध्यक्ष पाेखरेलले पत्रकारिता प्रति थुप्रै प्रश्न उब्जेकाले त्यसलाई चिर्नु पर्ने बताए ।


पत्रकारिता तालिममले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बाेल्ने, लेख्ने पत्रकारहरू तयमर पार्ने विश्वास समेत व्यक्त गरे । पत्रकारहरूले जस्ताे पनि समाचार लेख्छन भन्ने छाप परेकाे भन्दै जनताले विश्वास गर्नेगरी समचार लेख्न सके पत्रकारकाे स्तर कायम हुने बताए । पत्रकारले समाजकाे अपेक्षा बुझेर जिम्मेवारी निर्वाहा गर्नु पर्ने भन्दै पत्रकारहरूलाई पत्रकार आचारसंहिता पालना गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गाेविन्द आचार्यले क्षमता विकास गर्न सके पत्रकारीता क्षेत्रमा प्रसस्त अवसर रहेकाे बताए । उनले पत्रकार महासंघ पत्रकारहरूकाे क्षमता अभिवृद्दि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेकाे बताए ।


तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयाेजक मान सिंह बिश्वकर्मा, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पाेख्रेल, सचिव विनाेद परियारले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गरे । तालिम विहान र दिउसाे गरि २ समूहमा सञ्चालन गरिएकाे छ । तालिमकाे महासंघका निर्वतमान अध्यक्ष गाेविन्द आचार्यले सहजिकरण गरेका गर्नेछन ।

कमेन्ट गर्नुहोस्