
तिलोत्तमा सिटी,२ अशोज २०७८। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५ आैं स्मृति दिवस । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो । सिंहलाई लौह पुरुष र त्यागी नेताका रुपमा चिनिन्छ ।राणा शासनको अन्त्यका लागि ज्यानको वाजी लगाएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानवअधिकारका पक्षमा लडे । प्रजातन्त्रको लडाईमा सिंगो जीवन अर्पण गरेका सिंहले २०४६ सालको जनअन्दोलनको नेतृत्व गरे ।
आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न तत्कालिन राजा वीरेन्द्रले गरेको आग्रह उनले अस्वीकार गरेका थिए । जीवनकालमा एक पटक २०१२ सालमा पार्टी सभापतिका लागि प्रतिपर्धा गरेका उनी पराजित भएपछि फेरि उम्मेदवारी दिएनन् ।काठमाडौँको खानदानी परिवारमा जन्मेका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउन राजनीतिमा होमिएका थिए ।भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ ।
कमेन्ट गर्नुहोस्