
तिलोत्तमा सिटी, ३० भदौ २०७८।नेपालकै उत्कृस्ट नगरपालिकामा सुचित रुपन्देहीको तिलोत्तमा नगरपालिकाका शाखा अधिकृत प्रदिप खनालको शुभकामना तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ। प्रशासन शाखामा रही घरनक्सा, आर्थिक बिकाश,योजना शाखामा कार्य अनुभव बटुलेका खनाल सल्यानको छत्रेश्वरी गाउँपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा जाने भएका हुन्।
बुद्ध भुमि-४ कपिलबस्तुमा जन्म भै भृकुटी मावि बुड्डीबाट माध्यामिक तह पास गरेका खनालले पहिलो पटक मै ब्यबस्थापन संकायमा स्नात्तकोत्तर गरि लोक सेवा आयोग मार्फत बि स २०७५ सालमा अधिकृतमा आफुलाई स्थापित गरेका थिए। बहुआयामिक, सक्षम र कुशल प्रसासकको भूमिकामा अब्बल देखिएका खनाल आफैमा बौद्धिक क्षमता भएका व्यक्ति मानिन्छन। शाखा अधिकृतमा कार्य गर्दै आएका खनाल समायोजन मार्फत तिलोत्तमा नगरपालिकामा २८ महिना बिताएका हुन्।
सल्यानको छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भै जान लागेका उनलाई तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले अझ सफलता र कार्य कुशलताको शुभकामना दिदै बिदाई तथा बधाई समेत दिएका छन्। सो अवसरमा प्रसासन शाखाका माधव प्रसाद पोख्रेल, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, लेखा शाखा प्रमुख रमेश बश्याल, नक्सा शाखा प्रमुख मानिस खनाल, योजना शाखा प्रमुख प्रदिप बन, सूचना तथा प्रबिधि शाखा प्रमुख सुदिप ढकाल, राजश्व शाखाका इन्द्रदत्त सापकोटा, स्वास्थ्य शाखाका मोति प्रसाद पौडेल लगायतका कर्मचारीहरुले शुभकामना तथा बधाई सहित तिलोत्तमा नगरपालिका बाट बिदाई गरेका हुन्।
सो बिदाइ तथा शुभकामना कार्यक्रममा बोल्दै खनालले आफु बिदाई भएर गएतापनि तिलोत्तमाको सफल कार्यशैली, सेवाप्रबाह र यहाको प्रसासनको चुस्त दुरुस्तता , आर्थिक सुशासन र पारदर्शितालाई सधै अंगालेर अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्दै जुनसुकै ठाउमा रहेतापनि आगामी दिनमा सबैको सहयोगले अघि बढ्ने बताएका छन्। सल्यानको छत्रेश्वरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाका साविकका ४ वटा गा.वि.स. हरु क्रमशः दमाचैार केार्बाङझिम्पे लेखपोखरा र छायाँछेत्र मिलेर बनेको हो । यस गाउँपालिकाको नामाकरण छत्रेश्वरी रहनुमा साविकको छायाँक्षेत्र गा.वि.स. मा रहेको छायाँक्षेत्र स्थित प्रख्यात छत्रेश्वरी देवीको मन्दिरको नामबाट कायम भएको हो । यो मन्दिर सल्यान जिल्लामा मात्र नभइ देशै भरी नै प्रख्यात छ । जसको बारेमा श्री स्वथानी व्रतकथामा समेत उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्