
तिलोत्तमा सिटी, २९ भदौ २०७८। तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ। बिगत ४ बर्ष देखि निरन्तर प्रदान गर्दै आउनुभएका नगर प्रमुख घिमिरेले यसअघि नैं घोषणा गर्नुभएअनुसार चालु शैक्षिक सत्रको लागि ४२ सामुदायिक विद्यालयका ४२ जना विद्यार्थीलाई जनही ७ हजारका दरले मंगलबार नगरपालिकाको प्राङ्गणमा छात्रवृत्ति प्रदान गरिएको हो ।नगर प्रमुख घिमिरेले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका एक/एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आइरहनुभएको छ । सोही अनुसार मंगलबार सामुदायिक बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई जनहीँ ७ हजार रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
कमेन्ट गर्नुहोस्