लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय बाल दिवस मुलुकभर बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

IMG

तिलोत्तमा सिटी, २९ भदौ २०७८।  आज राष्ट्रिय बाल दिवस मुलुकभर बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी स् बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारा तय गरिएको छ ।


नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्बोच्च प्राथमिकताका बिषयहरु हुन् । बाल दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ व्यक्तिहरुले शुभकामना दिएका छन् ।


भौमाष्टमी व्रत

साथै आजकै दिन सनातन धर्मका अनुयायीहरूले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् । यस दिनको भोज–भत्तेर भन्दा पर बसेर अध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैँमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।अष्टमी तिथिमा शक्तिको उपासना गर्दाको फल धेरै मिल्छ भन्ने विश्वास गरिन्छ । भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरूको विशेष पूजाका उपस्थिति रहने गर्छ ।अन्य व्रतहरूमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरूको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । 


कमेन्ट गर्नुहोस्