लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका विद्यालय असोज ४ गतेदेखि सञ्चालनमा आउने

IMG

तिलोत्तमा सिटी, २६ भदौ २०७८। तिलोत्तमा नगरपालिका भित्रका विद्यालय भौतिक रुपमा नै सञ्चालनमा आउने भएका छन् ।बुधबार बसेको नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले नगरभित्रका असोज ४ गतेदेखि कक्षा १ भन्दा माथिका कक्षाहरु भौतिक रुपमा नै सामुदायिक तथा संस्थागत विद्यालय संचालन गर्नका लागि अनुमति दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले बताए ।साथै विद्यालयहरुले संम्बन्धीत विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैको आचारसंहिता समेटेर कक्षा असोज १ गतेसम्म कक्षा संचालन गर्ने कार्ययोजना पेश गर्न आग्रह गरेको छ ।


विद्यालय संचालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र ५०० भन्दा बढी विद्यार्थी संख्या भएका संस्थागत विद्यायलहरुले अनिवार्य रुपमा एक जना नर्स विद्यालयमा राख्नु पर्ने प्रशासकीय अधिकृत पौडेलले बताए ।कक्षा कोठाभित्र भौतिक दुरीको व्यवस्था गरी एक बेन्चमा २ जना मात्रै राख्नु पर्ने उनले बताए । यस्तैै बस सञ्चालन गर्ने विद्यालयहरुले बस भित्र सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र बसको सिट क्षमता भन्दा बढी विद्यार्थी नहुने विद्यालय राख्न पाउने पौडेलले बताए ।साथै अर्को सूचना नभएसम्मका लागि मन्टेश्वरी/बालबिकास (प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी) का कक्षा भने सञ्चानल गर्न नपाइने नगरपालिकाले जनाएको छ । यस्तै देवदह नगरपालिकाले पनि भदौ २७ गतेदेखि भौतिक रुपमा नै पठन–पाठन गराउन नगरभित्रका विद्यालयहरुलाई अनुमति दिएको छ ।


कमेन्ट गर्नुहोस्