लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोहिणीमा घर नक्शा अनिवार्य

IMG

तिलोत्तमा सिटी,०७ भाद्र २०७८, सोमबार। रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिका क्षेत्रमा घर एवम अन्य संरचनाको अनिवार्य नक्शा पास गर्नुपर्ने नियम बनाएको छ । भाद्र ७ गते सोमबार सूचना जारी गर्दै गाउँपालिकाले भाद्र ८ गते देखी २०७९ असार मसान्त गाउँपालिकामा रहेका भवन, कलकारखाना एवम अन्य भौतिक संरचनाको नक्शा पास गराए जरिवाना नलाग्ने र सो पछि नियम अनुसार जरिवाना लाग्ने उल्लेख गरेको छ ।रोहिणी गाउँपालिका क्षेत्रभित्र नक्शा अभिलेखीकरण गर्नुपर्ने नियम कार्यान्वयन हुनु अघि निर्माण सम्पन्न भएका र नक्सा पास हुन बाँकी भवन, कलकाराखाना तथा संरचनाहरु अभिलेखीकरण असार मसान्त सम्म गरि सक्न गाउँपालिकाले अनुरोध गरेको छ । सो मिति भित्र अभिलेखीकरण गरे बिलम्ब शुल्क नलाग्ने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।


यस्तै अब नयाँ बन्ने भवन, कलकारखाना एवम अन्य संरचना बनाउन परे त्यसको अनिवार्य नक्सा पास गराउनु पर्ने न्यौपानेको भनाई छ । अहिले नक्सा पास गरि घर बनाए नियम अनुसारको दस्तुर मात्र लाग्ने र कानून विपरीत गई संरचना बनाए दस्तर संगै जरिवाना समेत लाग्ने भएकोले उनले समयमै नक्सा सम्बन्धि काम गर्न आग्रह गरे ।साविकको धकधई, पोखरभिण्डी, बगहा, बोदवार, छिपागढ र पजरकट्टि गाविस मिलेर बनेको रोहिणी गाउँपालिकामा ७ हजार हाराहारीमा घरधुरी रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनले यस अघि अव्यवस्थित रुपमा बसोबास रहेको कारण बिभिन्न बिकास निर्माणका कामहरु गर्न कठिनाई हुने गरेको बताउदै व्यवस्थित बसोबासको लागी घरनक्सा पास अपरिहार्य रहेको बताए । कानून अनुसार नक्सा पास भए यसले नागरिक र स्वयम गाउँपालिकालाई पनि सहज हुने भएकोले यो अभियानमा समग्र रोहिणी गाउँपालिकावासीलाई सहभागी हुन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्