लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साइबर स्यालहरु चरित्र हत्या गर्नसम्म सक्रिय भए : सांसद विमला वली

IMG

तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री (वली) ले आफ्नो चरित्र हत्या गर्न साइबर स्यालहरु सक्रिय भएको आरोप लगाएकी छन । सामाजिक सञ्जालमा एक ब्यक्तिलाई चुम्बन गरेको दृश्य भाइरल भएपछि बिज्ञप्ती जारी गरेर आफुले माओवादी केन्द्र रोजे पछि बदनाम गराउन केही शक्तिहरु लगि परेको उनको भनाई छ ।  उनले माओवादी पार्टी छाड्न बारम्बार दवाव आउने गरेको बिज्ञप्तीमा उल्लेख गरेकी छन । प्रतिशोध साँधेर फसाउन खोजिएको उनको आरोप छ । ‘हिजो एका–एक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्रहत्या गर्ने दुस्प्रयास गरियो यसको म कडा भन्दा कडा निन्दा गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको विज्ञप्तिमा भनेकी छिन ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैँ आश्चर्य चकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन । 


मेरो चरित्र माथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरूबाट जुन दुस्प्रयास भयो, यसको कडा भन्दा कडा कारबाहीको माग गर्दछु ।’ बिज्ञप्तीमा भनिएको छ । आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भए पनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहे पछि चरित्र हत्या गर्न खोजिएको उनको आरोप छ । ‘मैले प्रदेश सभाको निर्वाचनमा दाङ क्षेत्र ३ (२) बाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित भए र पछि माओवादी केन्द्र र एमाले आफ्नै अस्तित्वमा गएपछि मैले माओवादी केन्द्र रोजेँ,’ उनले भनेकी छिन, ‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरूबाट म माथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए । 


मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरूप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु ।’  

कमेन्ट गर्नुहोस्